Logo

यस्तो छ देशको वर्तमान आर्थिक अवस्था, पूर्णपाठ सहित

यस्तो छ देशको वर्तमान आर्थिक अवस्था, पूर्णपाठ सहित



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पछिल्लो ९ महिना –साउदेखि चैतसम्म)को तथ्यांक सार्वजनिक गरिएको छ । देशको समग्र अर्थतन्त्रको अवस्थाबारेको संक्षिप्त विवरण राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेका हो ।

जसमा वार्षिक बिन्दुगत आधारमा मुद्रास्फीति ४.६१ प्रतिशत रहेको, आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको उल्लेख छ ।

यस्तै चालु आवको ९ महिनासम्म आईपुग्दा नेपालमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ । यसअनुसार चालु आवको ९ महिनामा नेपालमा १० खर्ब ८२ अर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्रिएको छ ।

शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको छ ।

नेपाल सरकारको खर्च ९ महिनामा जम्मा ९ खर्ब ९ अर्ब ३९ करोड र राजस्व परिचालन ७ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

यता बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेका ेछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्