Logo

नौ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रियो, चैतमै आयो १ खर्ब २० अर्ब

नौ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रियो, चैतमै आयो १ खर्ब २० अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना साउनदेखि चैतसम्म १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।

यस्तै चालु आवको फागुनसम्म भने यस्तो रेमिट्यान्स ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्रै भित्रिएको थियो । यसरी चालु आवको चैतमा मात्रै नेपाल भित्रिने रेमिट्यानस १ खर्ब २० अर्ब बढी पुगेको छ ।

यस्तै यस्तो रेमिट्यान्स गत बर्षको यहि अवधिमा भने २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

चालु आवको चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७ सय २१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८ सय ३९ र २ लाख १७ हजार ९ सय ५९ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL