Logo

ओरालो लाग्दै मूल्यवृद्धि, एक वर्षमै ३.१५ प्रतिशत विन्दुले ओरालो

ओरालो लाग्दै मूल्यवृद्धि, एक वर्षमै ३.१५ प्रतिशत विन्दुले ओरालो



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा गत आवको सोही अवधिको तुलनामा मूल्यवृद्धि दर ३.१५ प्रतिशत विन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको तुलनामा यो आवमा मूल्यवृद्धि घटेको हो ।

२०८० चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । मासिक मूल्यवृद्धि दर हेर्दा पनि चालु आवको फागुनमा ४.८२ प्रतिशत रहेको मुद्रास्फिति चैतमा ४.६१ प्रतिशत पुगेको हो ।

चालु आवको चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५।२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४।१४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२।६४ प्रतिशत, तरकारीको १६।९९ प्रतिशत, दाल तथा गेडागुडीको १०।९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६।०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।

चैतमा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ ।

२०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४।५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL