Logo

दशैको टिकट बुकिङ ७ गतेदेखि खुल्ने, सरकार–व्यवसायीबीच सहमती

दशैको टिकट बुकिङ ७ गतेदेखि खुल्ने, सरकार–व्यवसायीबीच सहमती


बिजखबर संवाददाता
0
Shares

दशै मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ यहि असोज ७ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभाग एवम् सम्बन्धीत निकाय र व्यवसायीबीच यस्तो सहमती भएको हो । काठमाडौं उपत्यकाबाट दशै मनाउन मुलुकभर जाने सवारीका लागि आगामी शुक्रवारदेखि टिकट बुकिङ खुल्ने भएको हो ।
अघिल्लो वर्षहरुमा असोज १ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको थियो । तर, व्यवसायीले विभिन्न सर्त राखेपछि यसवर्ष ढिलाई भएको हो । अस्थायी रुट र सुपर डिलक्समा २० प्रतिशतसम्म महंगो भाडा असुल्न छुट दिएपछि व्यवसायीहरु सहमतीमा आएका विभागका प्रवक्ता बसन्द अधिकारीले बताए ।
नयाँ वसपार्क, पुरानो वसपार्क, गौसाला, कोटेश्वर, कलंकी, चावहिललगायतका स्थानबाट आफ्नो आवश्यकताअनुसार अग्रिम टिकट बुकिङ गर्न सकिने व्यवसायीले जनाएका छन् ।
सरकार र व्यवसायीले सोमवारदेखिनै टिकट बुकिङका लागि आवश्यक तयारी गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्