Logo

सामाजिक योगदानसहितको व्यवसाय आवश्यक चौधरीको सुझाव, निजी क्षेत्रले कल्याणकारी काममा लगानी गर्नुपर्ने

सामाजिक योगदानसहितको व्यवसाय आवश्यक चौधरीको सुझाव, निजी क्षेत्रले कल्याणकारी काममा लगानी गर्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले समाजिक कल्याणका परियोजनाहरुमा निजी क्षेत्रको लगानी उल्लेख्य बृद्धि हुनुपर्ने बताए । गत शुक्रवार सिंगापुरमा आयोजित एशिया समिटमा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो मुनाफामा समाजले महत्वपूर्ण योगदान गरिरहेको हुन्छ भन्ने हामीले बिर्सनु हुँदैन’ उनले भने ‘हाम्रो विजनेसमा योगदान पुर्याएको समाजका लागि हाम्रो योगदान के रह्यो भन्ने पक्षमा निजी क्षेत्रको आत्मसमीक्षा आवश्यक छ ।’

अध्यक्ष चौधरीले व्यवसाय विस्तार र मुनाफाको बृद्धि मात्रै लगानीकर्ताको उद्देश्य हुन नहुने भन्दै सामाजिक योगदानसहितको व्यवसाय आजको आवश्यकता रहेकोमा विश्व समुदायको ध्यानाकर्षण गराए । एशिया समिटमा विश्वका निजी क्षेत्रका अग्रणीहरु र गैरसरकारी सस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

चौधरीले सामाजिक क्षेत्रको लगानी अभिबृद्धि गर्न विश्वका निजी क्षेत्रका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । भूकम्पबाट प्रभावितका लागि प्रभावकारी कदम चालेका कारण गत अगष्टमा चौधरीलाई संयुक्त राष्ट्र भवन, न्यूयोर्कमा आयोजित कार्यक्रममा ‘एशियन म्यान अफ दि इयर’ बाट सम्मानित गरिएको थियो ।

तीन दिने उक्त समिटमा विश्वका प्रमुख निजी तथा गैरसरकारी क्षेत्रका महत्वपूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्