Logo

एनसेल च्यानल लोयल्टिमा श्रेष्ठलाई स्कुटर, रिटेलरले पाए विभिन्न विधामा उपहार

एनसेल च्यानल लोयल्टिमा श्रेष्ठलाई स्कुटर, रिटेलरले पाए विभिन्न विधामा उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेशकुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ । सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो ।

सो स्कुटर शनिवार एनसेलले पोखरामा आयोजना गरेको एनसेल मेलाको अवसर पारी कम्पनीको गण्डकी रिजनल टिमले प्रदान गरेको थियो । अन्य विभिन्न विधामा योग्य रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माईक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल ईन्भर्टर र फोर ईन वान प्रिन्टर जस्ता उपहारहरु प्रदान गरेको थियो ।

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर हुन् ।

यस भन्दा अधिमित्रनगर, नयाँबसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले यस योजना अन्र्तगत मोटरसाईकल उपहार पाएका थिए

प्रतिक्रिया दिनुहोस्