Logo

काठमाडौंसहित देशका मुख्य शहरमा सुपथ मूल्य पसल सञ्चालन, नुन र चिनीमा विशेष छुट

काठमाडौंसहित देशका मुख्य शहरमा सुपथ मूल्य पसल सञ्चालन, नुन र चिनीमा विशेष छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले शनिबारदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा सुपथ मूलय पसल सञ्चालन गरेको छ । दशै तथा तिहार लक्षित गरी खोलिएको यी पसल कात्तिक २१ गतेसम्म चल्ने बताइएको छ ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालन गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । उनका अनुसार साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको हो ।

रेग्मीका अनुसार काठमाडौैंमा ११ स्थानमा सुपथ मूल्यका पसल चलाउन लागिएको छ । थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु(कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । त्यस्तै उपत्यकामा मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान लगिने बताइएको छ ।
उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरामा सञ्चालन गरिएको छ । त्यसैगरी अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् ।
सुपथ मूल्यका पसलमा अन्य पसलको तुलनामा सामान सस्तो हुने छ ।

त्यस्ता पसलमा चिनीमा ५ र नुन मा प्रतिकिलो २ रुपैयाँ छुट घोषणा सरकोले गरेको छ । जसअनुसार नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा किन्न पाइनेछ । खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ भने भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको निर्णय भएको छ ।

दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य आयल निगमले प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ ।

हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ । राजधानीको ११ स्थानमा सरकारले आफैंले सञ्चालन गर्ने पसलमा नेशनल ट्रेडिङका विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा राख्नेछ भने खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्