Logo

लघुवित्त वित्तिय संस्था र सहकारी कम्पनीबीच सम्झौता, अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर विकास गरिने

लघुवित्त वित्तिय संस्था र सहकारी कम्पनीबीच सम्झौता, अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर विकास गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लघुवित्त बैकं र सहकारीहरुले अन्तरराष्ट्रिय स्तरको सफ्टवेयर प्रयोग गर्न पाउने भएका छन् । नेपालका ३४ लघुवित्त विकास बैकंहरुको लगानीमा खुलेको नेपाल फिनसफ्ट लिमिटेडले यो पहल अगाडि बढाएको हो । नेपाल लघुबित्त बैकंर्स एशोसिएसनको नेतृत्व र युकेएड सक्षम वित्तिय पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा यस अभियानको थालनि भएको हो ।

शुक्रवार एक कार्यक्रमवीच सक्षम वित्तिय पहुँच कार्यक्रमको कार्यलय चुनदेवि, महाराजगंजमा उक्त अभियानको घोषणा भएको हो । नेपाल फिनसफ्ट कम्पनिले सिस्टम बनाउनको लागि प्योरसफ्टवेयर लिमिटेडको प्राविधिक सहयोग लिन लागेको छ । २०७४को बैशाखसम्ममा उक्त सिस्टम संचालनमा आईसक्ने अपेक्षा गरिएको छ ।

विभिन्न कम्पनिका सफ्टवेयर प्रयोग गरिरहेका लघुवित्त कम्पनिको लागि यो सफ्टवेयरको संचालन पछि सुपथ मुल्यमा उच्च स्तरीय सफ्टवेयर प्रयोग गर्न सक्ने बताइएको छ । यसले संचालन खर्चमा कमि ल्याउने भएकोले लघुवित्तका ग्राहकहरुले समेत कम मुल्यमा गुणस्तरीय सेवा प्रयोग गर्न सक्नेछन् ।

सो अवसरमा नेपाल फिनसफ्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युवराज थापाले भन्नुभयो, सफ्टवेयरले नेपालका लघुवित्त वित्तिय संस्था र सहकारी संस्थालाई धेरै फाइदा पु¥याउने बताए ।

त्यसैगरि नेपाल लघुबित्त बैंकर्स एशोसिएसनका अध्यक्ष धर्मराज पाण्डेलेसफ्टवेयरको विकासको प्रक्रिया अगाडि बढाउन केहि समयदेखि प्रयास गरेपनि अन्तत आज मूर्तरुप लिएको जानकारी दिए । ‘यसले लघुवित्त वित्तिय संस्थाहरुको उत्पादकत्व र दक्षता बढाउन सघाउ पु¥याउने छ’ उनले भने ।

त्यसैगरि नेपाल फिनसफ्ट लिमिटेडका अध्यक्ष रामचन्द्र जोशिले यस पहलले लघुवित्त र सहकारीका सेवा उपयोग गर्ने लाखौँ नेपालीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सघाउ पु¥याउने आशा व्यक्त गरे । कार्यक्रममा प्योर सफ्टवेयर लिमिटेडका सीएसओ र प्रेसिडेन्ट अनिल बैदले प्योरसफ्टवेयर आफ्नो अनुभवको प्रयोग गरेर नेपालि लघुवित्त वित्तिय संस्थाहरुलाई अन्र्तराष्ट्रिय स्तरको सफ्टवेयर विकास गर्दै यस क्षेत्रमा सहयोग पु¥याउन पाउँदा भएको बताए ।

त्यसैगरि सक्षम वित्तिय पहुँच कार्यक्रमका टोली प्रमुख बलजित बोहराले नेपाल फिनसफ्ट लिमिटेड मार्फत यस पहललाई सहयोग गर्न पाउदा एकदमै हर्षित भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्