Logo

चेम्वर अफ कमर्स र एशोचामवीच सम्झौता, भारततर्फको निकासी सहज हुने चेम्वरको विश्वास

चेम्वर अफ कमर्स र एशोचामवीच सम्झौता, भारततर्फको निकासी सहज हुने चेम्वरको विश्वास


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) विच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारत विचको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरिएको बताइएको छ ।

समझदारी पत्रमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र एशोचामका अध्यक्ष सुनिल कनौरियाले हस्ताक्षर गरे ।

समझदारीले भारततर्फको निकासी सहज हुने र नेपालमा भारतीय लगानी तथा प्रविधि अभिवृद्धि गर्न थप मद्दत पुग्न जाने चेम्वरको विश्वास रहेको छ । त्यसैगरी दुई देशका निजी क्षेत्रको सम्वन्ध अभिवृद्धि भई समग्र नेपाल र भारत विचको व्यापार तथा लगानी थप सहज हुने विश्वास चेम्वरले लिएको छ ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, र परराष्ट्र मन्त्री प्रकाश शरण महतको समेत समुपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्