Logo

प्रभुले ल्यायो लक्की सेभेन योजना, पैसा पठाउदा रिचार्ड कार्डदेखि मोटरसाइकलसम्म पाइने

प्रभुले ल्यायो लक्की सेभेन योजना, पैसा पठाउदा रिचार्ड कार्डदेखि मोटरसाइकलसम्म पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनी ट्रान्सफरले दशै तिहार तथा छठजस्ता चाडपर्वलाई लक्षित गरी ‘प्रभु लक्की सेभेन’ योजना ल्याएको छ । असोज १ गतेदेखि लागू हुने यो योजना कात्तिक २० गतेसम्म चल्ने छ ।

सो योजना अन्तरगत उपहार पाउनका लागि सो समयवधि भित्र विदेशबाट प्रभु मनीमा पैसा पठाउनु पर्ने हुन्छ । उक्त पैसा पठाउँदा प्राप्त हुने नम्बरलाई प्रभुले लक्की ड्रमा समावेश गर्ने छ । उक्त लक्की ड्रमार्फत यमाहाको मटरसाइकल, स्कुटी, टेलिभिजन, मोवाइल तथा रिचार्जकार्ड प्राप्त गर्न सकिने छ ।

जस अन्तरगत हरेक दिन ७ जनालाई २ सय रुपैयाँको रिचार्ज कार्ड, साप्ताहिक रुपमा एलइडी टिभी र डिस होम तथा बम्पर उपहार अन्तरगत यमाहा स्यालुटो मोटरसाइकल र यमाहाकै रेजेट स्कुटर प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्