Logo

निगमको विमानवारे छानविन गर्न समिति गठन,लापरवाही गर्ने विरुद्ध कारबाहीको सिफारिस गर्न निर्देशन

निगमको विमानवारे छानविन गर्न समिति गठन,लापरवाही गर्ने विरुद्ध कारबाहीको सिफारिस गर्न निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको विमानवारे छानविन गर्न समिति गठन गरिएको छ । जहाजमा पटक(पटक समस्या आइरहनुको कारण र त्यस्ता घटना हुनुमा जिम्मेवार व्यक्तिको पहिचान गर्न छानवीन समिति गठन गरेको हो ।

भदौ २६ गते भारतको नयाँदिल्लीबाट उडेको नेपाल वायुसेवा निगमको नाइन एन(एकेडब्लु ए थ्री ट्वान्टी विमान उडान गरेको केही समयमै इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । त्यसरी आकस्मिक अवतरण गर्दा विमान ग्राउण्डेड भएको थियो ।

त्यसैगरी भदौ २८ गते नेपाल वायुसेवा निगमकै नाइन एन(एकेएक्स(एथ्रीट्वान्टी विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फोर्स ल्याण्डिङ गरेको थियो ।

यसरी लगातार निगमको विमानमा समस्या आउन थालेपछि त्यस सम्वन्धमा जाँचबुझ गरी लापरवाही गर्ने विरुद्ध कारबाहीको सिफारिस गर्न समितिलाई निर्देशन दिएको छ ।

सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको अध्यक्षतामा नागरिक उड्डयन प्राधिकरणका पूर्वउपनिर्देशक विनोदकुमार गौतम, क्याप्टेन दिपक लामा, क्याप्टेन विश्वमान अमात्य र हिमालय एयरलाइन्स प्रा।लि।का इञ्जिनियर समिर बस्नेत सदस्य रहेको समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाइसक्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्