काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)को अध्यक्षमा कुमार कसजु श्रेष्ठ निर्बाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा फ्यानको २४ औं साधारण सभामा उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा दिलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिबमा बिश्वमणि पोखरेल बिजयी भएका छन् । उपाध्यक्ष र सचिब पद भने निर्बिरोध भएको हो ।
लामो समय फ्लोरिकल्चर एशोसिएसनमा उपाध्यक्ष तथा मेला संयोजक बनेर काम गरेका कसजुले काठमाडौं नर्सरी मार्फत आफ्नो व्यवसायलाई उत्तिकै रुपमा सफल बनाएका छन् ।
आन्तरिक कारण देखाएर निवर्तमान अध्यक्ष लोकनाथ गैरेले अध्यक्ष पदबाट राजीनामा दिएपछि फ्यानले लामो समय नेतृत्वपाउन सकेको थिएन । फ्यानको नयाँ बिधान अनुसार यो पटक बरिष्ठ उपाध्यक्ष र सचिब पद थपिएपछि १३ सदस्यीय कार्यसमितीले पूर्णता पाएको छ ।
फ्यानको अध्यक्ष निर्वाचत भएपछि कसजुले पुष्प व्यवसायको विकास विस्तार तथा व्यवसायीको हकहितका पक्षमा उल्लेख्य काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।