Logo

एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन, हङकङलाई हराउँदै सेमिफाइनलमा

एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन, हङकङलाई हराउँदै सेमिफाइनलमा



काठमाडौँ । नेपाल एसीसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍यो । हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

हङ्कङविरुद्ध जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो । यससँगै नेपाल एक खेल अगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL