Logo

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुनः उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । आईतबार एकैदिन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य पुनः सोमबार प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । आईतबार प्रतितोला १७ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १७ सय १५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्