Logo

एमआरपी हराएमा विज्ञापन र पुसिल रिपोर्ट नचाहिने, हराएकै दिन पाइने

एमआरपी हराएमा विज्ञापन र पुसिल रिपोर्ट नचाहिने, हराएकै दिन पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी दिनमा राहदानी (एमआरपी) हराएमा पत्रपत्रिकामा सुचना प्रकाशित गर्न नपर्ने भएको छ । साथै हराएका एमआरपी बनाउनका लागि पुलिस रिपोर्ट समेत नचाहिने राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । ‘हामीले उपभोक्तालाई सहज रुपमा एमआरपी वितरण गर्ने उद्देश्य अनुरुप विज्ञापन र पुलिस रिपोर्ट चाहिने व्यवस्था खारेज गरेका हौं,’ उनले भने, ‘अवका दिनमा एमआरपी हराएमा राहदानी विभागमा रिपोर्ट गरे पुग्छ ।’

थापाका अनुसार एमआरपी हराएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा जानकारी गराउनु पर्ने हुन्छ । उक्त सुचनालाई विभागले नै प्रहरीलाई जानकारी गराउने छ । ‘निवेदकबाट आएको उजुरीलाई विभागले प्रहरीको इण्टरपोलमा जानकारी गराउँछ,’ उनले भने, ‘प्रहरीले हराएका चोरीएका एमआरपीलाई इण्टरपोलको विश्वव्यापी तथ्याङ्कमा राखिदिने छ ।’ जसले गर्दा एमआरपीमा सुरक्षित हुनुका साथै उपभोक्ताले पनि सहज रुपमै पाउने छन् ।

हराएको १ दिनमै एमआरपी

यस अघि एमआरपी बनाउनका लागि १५/२० दिनभन्दा बढी समय लाग्दै आएकोमा अव एक दिनमै पाउने भएका छन् । कुनै व्यक्तिले एमआरपी हराएको सुचना विहान दिएमा उसले बेलुकासम्ममा प्राप्त गर्ने छ । यस अघि एमआरपी हराएको सुचना प्रत्रपत्रिकामा छापेको ७ दिनपछि मात्र पुलिस रिपोर्ट बनाउन पाइन्थ्यो । साथै त्यस पछि पुलिस रिपोर्ट बनाउनका लागि पनि केही समय लाग्थ्यो भने सेवाग्राहीले त्यसका लागि दुःख पाउँदै आएका थिए । अवका दिनमा एकै स्थानबाट सहज रुपमा एमआरपी लिन सकिने थापाले बताए ।

सुरक्षामा कडाई

हराएका एमआरपीलाई इण्टरपोलको विश्वव्यापी तथ्याङ्कमा समावेश गरेपछि कुनै पनि व्यक्तिले दोहोरो एमआरपी प्रयोग गर्न सक्ने छैनन् । यदि कसैले हराएको वा दोहोरो एमआरपी प्रयोग गरेमा उक्त तथ्याङ्कबाट तत्काल ट्रयाकिङ गर्न सकिने छ । जसले गर्दा विश्वव्यापी रुपमा एमआरपीलाई सुरक्षित रुपमा प्रयोग गर्न सकिने छैन ।

निवेदन निदका लागि छुट्टै कोठा

विभागले हराएका एमआरपीको निवेदन दिनका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सेवाग्राहीलाई सहज रुपमा छिटो सेवा प्रदानका लागि छुट्टै कोठाको व्यवस्था गरिएको थापा बताउँछन् । कुनै पनि व्यक्तिले उक्त कोठामा गएर तत्काल उजुरी गराएर नयाँ लिनको लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL