Logo

सिन्धुलीमा एनसेल टावरमा बम विष्फोट, ‘जनमुक्ति सेना’ को पर्चा भेटियो

सिन्धुलीमा एनसेल टावरमा बम विष्फोट, ‘जनमुक्ति सेना’ को पर्चा भेटियो



काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विष्फोट भएको छ । गए राति साढे १ बजेतिर कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा कुकर बम विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जनाएका छन् ।

बम विष्फोटबाट टावरका विद्युतीय तारलगायतमा सामान्य क्षति पुगेको भए पनि वैकल्पिक उपायबाट मोबाइल सेवा अवरुद्ध हुन भने नदिइएको छ’, डीएसपी दाहालले बताए । डीएसपी दाहालका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । ‘पर्चामा सुप्रिम कमाण्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन् । त्यसमा एनसेलले ठगी गरेको आरोप लगाइएको छ’, उनले भने ।

तर उक्त संगठन कुन पार्टी सम्बद्ध हो भन्ने थाहा नभएको उनले बताएका छन् । एनसेलको उक्त टावर नजिकै घर भएका मानिसले राति खबर गरेपछि प्रहरीले घटनास्थल पुगेको थियो । तर विष्फोट गराउने व्यक्ति अहिलेसम्म पहिचान हुन सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको डीएसपी दाहालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL