Logo

सहकारी प्रकरणमै रुमलियो संसद, कांग्रेसको अडानपछि बैशाख २ गतेसम्मका लागि स्थगित

सहकारी प्रकरणमै रुमलियो संसद, कांग्रेसको अडानपछि बैशाख २ गतेसम्मका लागि स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।

बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो ।

यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन ।

लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL