Logo

कोकाकोला इन्डोर कर्पोरेट क्रिकेट सम्पन्न, १० ओटा टिमलाई पछि पार्दै गोर्खा ब्रुअरी बन्यो विजेता

कोकाकोला इन्डोर कर्पोरेट क्रिकेट सम्पन्न, १० ओटा टिमलाई पछि पार्दै गोर्खा ब्रुअरी बन्यो विजेता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोकाकोला इन्डोर कर्पोरेट क्रिकेट सम्पन्न भएको छ । कोकाकोला नेपाल र नेपाल स्पोर्टस म्यानेजमेन्ट प्रालिले संयुक्त रुपमा काठमाडौंको रातोपुलस्थित भेलोसिटि एरेना, इन्डोर क्रिकेट हलमा आयोजना गरिएको थियो ।

भदौ २४ गते देखि शुरु भएको टुर्नामेन्टमा १२ वटा टिमहरु कर्पोरेट क्षेत्रबाट सहभागी भएका थिए । सहभागी टिमहरु चार समूहमा विभाजन गरिएको थियो भने प्रमुख दुई टिम प्रत्येक समूहबाट अन्तिम आठमा प्रतिस्पर्धामा गएका थिए । यो प्रतिस्पर्धा लीग-कम-नकआउटको आधारमा गरिएको थियो ।प्रतिस्पर्धामा गोर्खा ब्रुअरी विजेता बनेको छ । बिजेताले नगद रकमको सट्टामा सिल्भर ट्रफी प्राप्त गरेका थिए ।

हरेक खेलाडीहरुको व्यक्तिगत पुरस्कारहरु पनि सिल्भर ट्रफीको रुपमा प्रदान गरिएको थियो । यती एयरलाइन्स, बोटलर्स नेपाल, र एनसीसी बैंक ए समूहमा परेका थिए भने समूह बी मा सिप्रदी ट्रेडिंग, हिमालयन डिस्टीलरी र प्रिमियर इन्सूरेन्स रहेका थिए । त्यसैगरी एफवान सफ्ट इन्टरनेशनल प्रालि, गोर्खा ब्रुअरी, तथा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि समूह सी मा तथा कान्तिपुर टेलिभिजन, नेपाल स्पोर्टस जर्नलिस्ट्स फोरम तथा समृद्धि फाउण्डेसन समूह डीमा रहेका थिए ।

प्रत्येक खेलहरु १२ ओभरको आधारमा खेलाईएको थियो, र चार खेलहरु पहिलो दिनमा आयोजना गरिएको थियो जबकी प्रत्येक दिन ६ वटा खेलहरु दुई दिनमा खेलाईएको थियो ।
प्रतियोगिता पारस खड्का, सरद भेषवाकर, रिमा विश्वकर्मा, नगमा श्रेष्ठ, यम बुद्धलगायत सहभागी रहेका थिए । सो अवसरमा पारस थापाले क्रिकेटलाई प्रबद्र्धन गर्न कोकाकोला (बोटलर्स नेपाल लिमिटेड) जस्तो संस्थागत कम्पनीसँगै आउँदा उहाँलाई खुशी लागेको बताए ।

समारोहमा, बोटलर्स नेपाल लिमिटेडका कन्ट्रि च्यानल एण्ड मार्केटिंग म्यानेजर, आनन्द रत्नापार्खीले देशमा क्रिकेट निकै लोकप्रिय खेल हो र यो खेलसँग आबद्धहुन पाउँदा कोकाकोला हर्षित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्