Logo

नक्सालमा इलोक्ट्रोनिक्स सामानको स्टोर स्विच अन,एउटै छानामुनी विभिन्न ब्राण्डका विद्युतीय सामग्री

नक्सालमा इलोक्ट्रोनिक्स सामानको स्टोर स्विच अन,एउटै छानामुनी विभिन्न ब्राण्डका विद्युतीय सामग्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोल्छा अर्गनाइजेशनले काठमाडौंमा मल्टी ब्राण्ड इलेक्ट्रिक तथा इलोट्रोनिक्स शोरुम खोलेको छ । कम्पनीले नक्सालको नाायणचौरमा मल्टीब्राण्ड शोरुम ‘स्वीच अन’ सञ्चालन गरेको हो ।

आइतबारदेखि सञ्चालनमा आएको शोरुममा विभिन्न इलेक्टिज्ञक तथा इलेक्ट्रोनिक्स सामग्री तथा उपकरणहरु राखिएको छ । सोरुमबाट घरासयी तथा व्यवसायिक प्रयोजनका विद्युतीय सामग्रहरु विक्री वितरण गर्ने गोल्छा अर्गनााइजेशनकी निर्देशक सीमा गोल्छाले जानकारी दिइन् ।

Pic 2 (4)

उनका अनुसार ‘होम एप्लाइन्सेसदेखि कमर्सियल तथा इन्स्टीच्युसनल प्रयोजनका विद्युतीय सामाग्री सो सोरुमबाट उपलब्ध हुनेछ । एउटै छानामुनी विभिन्न ब्राण्डका विद्युतीय सामग्री किन्न पाइने भएकाले यसलाई उपभोक्ताले रुचाउने गोल्छाको विश्वास छ ।

शोरुमबाट सामसुंग, हिमस्टार, बजाज, लगायत विश्व प्रशिद्ध कम्पनीका इलेक्ट्रोनिक्स सामानहरु विक्री सुरु भएको छ । शो रुममा मोबाइलदेखि टिभी, वासिङ मसिन, रेफ्रीजेरटर, भ्याकुम क्लिनर लगायत घर तथा भान्सामा आवश्यक विद्युतीय सामाग्रीहरु राखिएका छन् ।

‘हामीले स्वीच अनको पहिलो शोरुम खोलेका छौं, निर्देशक गोल्छाले भनिन्,निकट भविष्यमै हामी देशका प्रमुख शहरहरुमा पनि ‘स्वीच अन’ शोरुमहरु खोल्ने छौं,’ ।

प्रतिक्रिया दिनुहोस्