Logo

प्रतितोला ५ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ५ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यस्तै यसै अवधिमा नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ पुगेको हो । यो अघिल्लो दिन मंगलबारको तुलनामा १५ रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL