Logo

सलिकोको बार्षिक साधारणसभा सम्पन्न, को बने नयाँ संचालक ?

सलिकोको बार्षिक साधारणसभा सम्पन्न, को बने नयाँ संचालक ?



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आव २०७९÷८० को २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो ।

सभामा कम्पनीका अध्यक्ष मुलले साबिकको सगरमाथा इन्स्योरेन्स कम्पनी लि र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि एकापसमा गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरूको बारेमा सेयरधनीहरूलाई बिस्तृत रूपमा जानकारी गराएका थिए ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। तथा साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०७९÷०८० को वित्तीय विवरण पारित गर्ने, आब २०८०÷०८१ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरूलाई पांच प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्तावहरू पारित गर्ने निर्णय गरेको छ । सभामा १७ जना सेयरधनीहरूले आ–आफ्नो मन्तब्य राखेका थिए ।

यसैगरी, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये कम्पनीको नियमावलीको व्यबस्था बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना मनोनित भएका छन् । यस्तै बांकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्बसाधारण सेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्बिरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL