Logo

कांग्रेसलाई डा. स्वर्णिम वाग्लेको प्रस्ताव : छानबिन समिति गठन गरेर ०४७ पछिका सबै काण्ड छानबिन गरौं

कांग्रेसलाई डा. स्वर्णिम वाग्लेको प्रस्ताव : छानबिन समिति गठन गरेर ०४७ पछिका सबै काण्ड छानबिन गरौं



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ०४७ सालपछिका बालुवाटारदेखि अन्य सबै काण्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसले रवि लामिछानेको सहकारी ठगीमा संलग्नताका विषयमा संसदीय छानबिन समिति गठनका लागि राखेको माग पूरा नभएर संसद् अवरोध गरेपछि डा। वाग्लेले बाहिर निस्किएर कांग्रेसलाई यस्तो जवाफ दिएका हुन् ।

‘४७ साल पछिका बालुवाटारदेखि सबै कान्डको छानबिन गर्न उच्च स्तरीय स्वतन्त्र छाबिन समिति गठन गरौं न, एक व्यक्तिलाई टार्गेट किन रु’, कांग्रेसप्रति टिप्पणी गर्दै वाग्लेले भने, ‘आरोपको भरमा कुनै व्यक्तिलाई खुइल्याउने हैन, ग्रान्ड पब्लिक इन्क्वाइरी गर्न आह्वान छ ।’ उनले सहकारी ठगीमा छानबिन भन्दा मान्छे पत्याउँछन् भन्ने कांग्रेसमा भ्रम रहेको बताए । ‘सहकारी ठगी भन्दा मान्छे पत्याउँछन् भन्ने उहाँहरूको भ्रम छ’, वाग्लेले भने, ‘हामी सिङ्गो राज्य ठगी गर्ने विरूद्ध छानबिन गर्नु्स् भनेका छौं ।’

वाग्लेले संसदीय छानबिन समितिलाई प्रतिशोध साँध्ने औजारका रुपमा दुरुप्रयोग नगर्नसमेत आग्रह गरेका छन् । वाग्लेले संसदीय समितिलाई व्यक्ति विशेषको विरुद्ध प्रयोग नगर्न आग्रह गरेका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको कारणले नै यो मुलुक बेथितितिर गएको जस्तो भास्य सिर्जना गरिएको छ । अब त्यसको शक्त प्रतिशोध गर्दछौं । इलाम २ का जनताले त बैशाख १५ मा जवाफ दिने नै छन्,’ उनले थपे, ‘तर यो संसदीय छानबिन समितिलाई यसरी व्यक्ति खुइल्याउने, प्रतिशोध साँध्ने औजारका रुपमा दुरुपयोग नगरौँ ।’

केही महिनाअघि मात्रै सत्तामा रहँदा कांग्रेस महामन्त्री गगन थापाले सत्तारुढ दलका सांसद रत्नपार्क गएर नभइ संसदमै बोल्ने बताएका उल्लेख गर्दै वाग्लेले भने, ‘केही महिनाअघि मात्रै अहिलेका प्रतिपक्षी दलका महामन्त्रीले संसदीय समिति आवश्यक छैन, सत्तारुढ दलले संसदमा बोल्न पाएन भने के इलाम गएर बोल्ने, के रत्नपार्क गएर बोल्ने भन्ने शैलीमा प्रस्तुत हुनुभएको थियो । त्यस्तो अवस्थामा हामीलाई नपु¥याऔँ ।’

प्रतिक्रिया दिनुहोस्
MBL