Logo

भारतको नैनितालमा जीप भीरबाट खस्दा सात नेपालीको मृत्यु (नामसहित)

भारतको नैनितालमा जीप भीरबाट खस्दा सात नेपालीको मृत्यु (नामसहित)



काठमाडौँ । भारतको नैनितालमा जीप दुर्घटना हुँदा सात नेपालीले ज्यान गुमाएका छन् । घटनामा अर्का एक भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जागणका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन् ।

दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन् । मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ । सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जीप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL