Logo

वायु सेवा निगमलाई दुई वाइड बडी खरिदको बाटो खुल्यो, अर्थ मन्त्रालयले दियो सहमती

वायु सेवा निगमलाई दुई वाइड बडी खरिदको बाटो खुल्यो, अर्थ मन्त्रालयले दियो सहमती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल वायु सेवा निगमलाई वाइड बडीको दुई वटा विमान खरिदको सहमति दिएको छ । आइतवार अर्थमन्त्री महराले वाइड बडी खरिदमा सहमती दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सचिव प्रेम राई र निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले आइतबार अर्थमन्त्री सँगको भेटमा टोलीले दुई वटा विमान खरिद गर्नु पर्ने भन्दै अर्थको सहमति खोजेका थिए । यसका लागि करिव २५ अर्ब रुपैयाँ लाग्ने बताइएको छ ।

टोलीले मंसिर दोस्रो साता टेण्डर आहृवान गर्ने र फागुन दोस्रो साता खरिद सम्झौता गर्ने तयारीबारे जानकारी गराए । यो योजनाअनुसार प्रक्रिया अघि बढाउन सके ०७४ असोजमा पहिलो र चैतमा दोस्रो विमान आउने अनु्मान छ ।

सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमका अनुसार नयाँ विमानलाई खाडी मुलुकका साथै जापान, अष्ट्रेलिया, कोरियाका साथै भारत र चीनको उडानका लागि प्रयोग गर्ने योजना छ ।

नयाँ विमान किन्ने तयारीमा रहेको वायु सेवा निगमले पाइलट र फ्लाइट अटेन्डेन्टको भर्ना प्रक्रिया सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्