Logo

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, सोमबार पनि नयाँ रेकर्ड कायम

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, सोमबार पनि नयाँ रेकर्ड कायम



काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज पुनः बढ्दै हालसम्मकै उच्च १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढ्दै प्रतितोला १६ सय ८५ रुपैयाँ पुगेको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL