Logo

कोटिभिटीका विषयमा तीन संस्थाको विज्ञप्ति, ट्याक्स प्राक्टिसको विपरित मुद्दा दायर हुनु दुःखद्

कोटिभिटीका विषयमा तीन संस्थाको विज्ञप्ति, ट्याक्स प्राक्टिसको विपरित मुद्दा दायर हुनु दुःखद्



काठमाडौं । सरकारले अमेरिकन सूचना प्रविधि कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको बिषयलाई अन्य संस्थाले गम्भिर रुपमा लिएको बताएका छन।

नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज्ना(सआईटी), नेपाल उद्योग परिसंघ(सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्श इन नेपाल(एमच्याम नेपाल) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दैै गम्भिर ध्यानाकर्षण जनाएका हुन ।

तीन वटा संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कर लगायतका विषय कानूनी दायराभित्र रही कानूनमा तोकिए बमोजिम तथा हालसम्म गर्दैआएको कर व्यवहार समेतको वर्खिलाप हुने गरि फरक रुपमा नयाँ प्रयोगात्मक स्वरुपमा व्याख्या गरि अनावश्यक रुपमा यी उद्योगहरुलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न सरकारी तहबाटै हुनु दुःखद् हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL