Logo

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुदै, अपराह्न ५ बजेसम्म उम्मेदवारी दिन सकिने

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुदै, अपराह्न ५ बजेसम्म उम्मेदवारी दिन सकिने



काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ । इलाम- २ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभाको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL