Logo

गल्फको रिटेलर तथा पीजीएम मिट सम्पन्न, उत्कृष्ट विक्रेता पुरस्कृत

गल्फको रिटेलर तथा पीजीएम मिट सम्पन्न, उत्कृष्ट विक्रेता पुरस्कृत


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । गल्फ लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युव आयल लिमिटेड र काठमाडौंका लागि आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिले रिटेलर तथा पिजिएम मिट सम्पन्न गरेका छन् ।

सो अवसरमा आर्थिक वर्ष २०७२/७३ मा सवैभन्दा धेरै गल्फ लुव्रिकेन्ट्स विक्री वितरण गर्ने विक्रेतालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा एसएनएफ कन्र्सन, धनश्री अटो केयर र अटो एभ प्रालिलगायतका थिए । उनीहरुलाई नेपाल अटो मेकानिक्स व्यवसयी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने, नेपाल ल्युव आयलका सेल्स म्यानेजर दिवाकर मिश्र र एभ ट्रेडिङ प्रालिका प्रवन्ध निर्देशक मधुसुधन सिग्देल तथा निर्देशक दिपेन्द्र डंगोललगायतले पुरस्कार वितरण गरेको बताइएको छ ।

विजेताहरुलाई यामाहा तथा टिभिएसका मोटरसाइकल तथा अन्य विभिन्न इलेक्ट्रोनिक्स एसेसरिज वितरण गरिएको हो । कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड यूनियन (नाटु) का निवर्तमान अध्यक्ष भीम खतिवडा, नेपाल अटो मेकानिक्स व्यवसायी संघका द्वितीय उपाध्यक्ष माधवबहादुर रिमाल, एभ ट्रेडिङ प्रालिका सल्लाहकार सुदर्शन सिग्देललगायत सहभागी थिए ।

नेपाल ल्युव आयल लिमिटेडले २५ बर्षदेखि गल्फ आयल निर्माण गरी बिक्री गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनल र गल्फ आयल भारतसँग प्राविधिक सम्झौता गरी लुब्रिकेन्ट्स निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्