काठमाडौं । प्रविधि पत्रकार मञ्च (टिजेएफ) को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार काठमाडौंमा आयोजीत एक कार्यक्रमवीच टिजेएफको साधारण सभा सम्पन्न भएको हो ।
साथै सो अवसरमा मञ्चमा नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा कारोवारकर्मी सरस्वती ढकाललाई चयन गरिएको छ ।
त्यस्तै मञ्चको उपाध्यक्षमा नेपाली पत्रका उद्धव थापा, सचिवमा गोरखापत्रका विश्वास रेग्मी, सहसचिवमा नयाँ पत्रिकाका कृष्ण रिजाल र कोषाध्यक्ष लिभिङ वीथ आइसिटीका राजन लम्साल मनोनित भएका छन् ।
त्यसैगरी कार्यसमितिको सदस्यमा हाम्रा कुरा डटकमका माधव चाम्लागाँई, राइजिङ नेपालका चोलाकान्त खनाल, अन्नपूर्ण पोष्टका नविन अर्याल र विजखवर डटकमका रक्षा रेग्मी छन् । साथै पाँच जना नयाँ साधारण सदस्य समेत थप गरेको छ ।