Logo

बजाज थ्री ह्वीलरको टेष्ट ड्राइभ कोहलपुरमा, पुरस्कार तथा फोटो खिचेर फ्रेमिङका साथ अन्य उपहार

बजाज थ्री ह्वीलरको टेष्ट ड्राइभ कोहलपुरमा, पुरस्कार तथा फोटो खिचेर फ्रेमिङका साथ अन्य उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजाज आरइ थ्री ह्वीलर (टेम्पु) को फ्रि टेस्ट ड्राइभ मेला बाँकेको कोहलपुरमा आयोजना हुने भएको छ । बजाज आरइ थ्री ह्वीलर (टेम्पु) नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचंद एण्ड कम्पनी र नेपालगंजमा  पानस अटो मोटर्स प्रा.लि ले विक्री तथा सर्भिस गर्दै आएको छ ।

मेलामा साङ्गीतिक कार्यक्रम, हास्यकलाकार टिम भद्रगोलको विशेष प्रस्तुती रहने बताइएको छ । त्यस्तै फ्रि टेस्ट ड्राइभ  गर्न सकिने,टेस्ट ड्राइभ  गर्नेलाई पुरस्कार तथा फोटो खिचेर फ्रेमिङका साथ उपहारको स्वरुपमा प्रदान गरिने, हरेक घण्टा लक्की ड्र मार्फत पुरस्कार दिइने व्यवस्था तथा फुड स्टलको व्यवस्था गरिएको छ । मेलामा बालबालिकाको लागि मनोरञ्जनको व्यवस्था छ ।

विगत ५० वर्ष देखि विश्वको ३६ देशका पचास लाख भन्दा वढी ग्राहकलाई सन्तुष्ट पार्न सफल बजाज थ्री ह्वीलरले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्य राखेको छ ।

नेपालीहरुलाई देशभित्रनै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन सकिने र यसमा लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी रहेको छ । टेष्ट ड्राइभ मे बेलुकी ६ बजेसम्म आयोजना हुंदैछ ।

प्रतिक्रिया दिनुहोस्