Logo

ललितपुर मलमा मोवाइल एक्स्पो, पुनको आविस्कार केन्द्रलाई १ बर्षसम्म सहयोगको घोषणा

ललितपुर मलमा मोवाइल एक्स्पो, पुनको आविस्कार केन्द्रलाई १ बर्षसम्म सहयोगको घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर शुक्रबारदेखि मोबाइल एक्स्पो २०७३ शुरु गरेको छ । मलले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गरेको हो ।

एक्स्पोको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले गरे । सो अवसरमा नेपालमा सूचना प्रविधि अभियन्ता तथा म्यागासेसे पुरस्कार बिजेता महाविर पुनले देशमा सुचना प्रविधिको विकास गर्नुपर्ने भन्दै राष्ट्रिय आविस्कार केन्द्रको बारेमा जानकारी दिए । साथैे ब्रेनड्रेनलाई रोक्नका लागि केन्द्रको स्थापना गरिएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा सूचना प्रविधि र मोबाइलको विकास गर्न कम्प्लेक्सले महाविर पुनको अभियानलाई सहयोग गर्ने बताए ।

हरेक मोबाइलको खरिदमा रु १० महाविर पुनको अभियान अन्तर्गत स्थापना हुने राष्ट्रिय आविस्कार सेन्टरलाई दिने घोषणा गरेका हुन् । ‘ हाम्रो सानो सहयोगले देशमा नयाँ आविस्कार गर्न सहयोग पुग्दछ भने हामी आगामी दिनमा पनि सहयोग गर्न तयार छौं’ उनले भने ।

महाविर पुनको केन्द्रलाई ललितपुर मोबाइल कम्प्लेक्सले १ वर्षसम्म प्रत्येक मोबाइलको बिक्रीबाट आएको रकम प्रदान गरिने बताइएको छ ।ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आविस्कार केन्द्रलाई एक वर्षसम्म सहयोग गर्ने र त्यसको लागि हरेक पसलबाट रु १ सय उठाउने जानकारी दिए ।

मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा ग्राहकले लिनसक्ने छन् । भदौ २४ गतेदेखि असोज ३ गतेसम्म हुने एक्स्पोमा विभिन्न कम्पनीहरुले आफ्ना नयाँ मोबाइलको मोबाइल, ग्याजेट्स, एसेसरिज सार्वजनिक गर्नेछन् । मोबाइल एक्स्पोमा आउने अवलोकनकर्ताहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् ।

एक्स्पोको अवधिभर हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र कुपन प्राप्त गर्नेछन । त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई विभिन्न आकर्षक उपहारहरु दिईने बताइएको छ ।

एक्स्पोको अवधिभर नेपालमा भित्रिने विभिन्न नयाँ मोबाइल ब्राण्डहरु तथा नयाँ मोडलहरु पनि सार्वजनिक गराउने योजना राखिएको छ । यसले ग्राहकहरुले बजारमा आएका नयाँ फोनहरुको बारेमा जानकारी लिन सक्ने बताइएको छ । मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्