काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका छन् । उर्जा मन्त्री जनार्दन शर्माले उनलाई हटाउने प्रयास गरिरहँदा काफ्ले आफैले पदबाट राजीनामा दिएका हुन् ।
उनले आजै प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटेर राजीनामा पत्र बुझाएका स्रोटले जानकारी दिएको छ । उर्जा मन्त्रीले काफ्लेलाई हटाउन हिजोकै मन्त्रीपरिषद्मा प्रस्ताव लगेका थिए । तर, काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको विरोधका कारण रोकिएको थियो ।
काफ्लेले राजीनामा दिएपनि स्वीकृत भने भएको छैन । काफ्लेको पदाबधि सकिनको लागि अझै ३ महिना बाँकी रहेको छ ।
तत्कालिन प्रवन्ध निर्देशकलाई भ्रष्टाचारको मुद्दा लागेपछि काफ्लेलाई नियुक्त गरिएको थियो । उनले सोचे अनुरुप काम गर्न नसकेको भन्दै ऊर्जा मन्त्री शर्माले हटाउन लागेका थिए । सो स्थानमा माओवादीले आफु नजिकका मान्छेलाई ल्याउने तयारी गरिरहेको स्रोतको दावी छ ।