Logo

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार प्रदेश सभा बैठकमा जम्कट्टेलको पक्षमा ५६ जना सांसदले मत हालेपछि उनले विश्वासको मत पाएका हुन् । यसअघि उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

उनको आग्रह सँगै माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL