Logo

भौतिक मन्त्रालयका सचिव सरुवा, अन्य को सचिव कहाँ पुगे ?

भौतिक मन्त्रालयका सचिव सरुवा, अन्य को सचिव कहाँ पुगे ?



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा सरुवा भएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठक अनुसार भौतिक मन्त्रालयका सचिव शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएका हुन् ।

उनको स्थानमा उजा मन्त्रालयका सचिव गोपाल सिग्देल आएका छन् । यता जल तथा उर्जा आयोगकी सचिव सरिता दवाडीको भने सिँचाइ सचिवका रुपमा ऊर्जा मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै मन्त्रिपरिषदको बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन मामिला सचिवका रुपमा सरुवा गरिदिएको छ ।

यता उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा भने सचिवको रुपमा वित्त आयोगका सचिव कृष्णबहादुर राउत आइपुगेका छन् । उनले उक्त मन्त्रालयमा उद्योग मामिला हेर्ने बताईएको छ । यससँगै उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL