Logo

मार्चमा नेपाल भित्रिए हालसम्मकै धेरै पर्यटक, कुन देशबाट कति ?

मार्चमा नेपाल भित्रिए हालसम्मकै धेरै पर्यटक, कुन देशबाट कति ?



काठमाडौं । गएको मार्च महिनामा मात्रै नेपालमा १ लाख २८ हजार बढी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार गएको मार्च महिनामा एक महिनाभित्र आउने पर्यटक मध्ये हालसम्मकै बढी १ लाख २८ हजार १ सय ६७ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

विभागका अनुसार यसअघि सन २०१९ को मार्चमा नेपालमा १ लाख २७ हजार ३ सय ५१ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसयता कोरोनाले थिलथिलो पारेको पर्यटन क्षेत्र पुनः उकालो लाग्दै चालु बर्षको मार्चमा हालसम्मकै धेरै पर्यटक आएका हुन् । गत बर्षको मार्चमा भने नेपालमा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

यो बर्षको मार्चमा भित्रिएका पर्यटक सन २०१९ को मार्चमा भित्रिएका पर्यटकको तुलनामा १ प्रतिशतले बढी हुन् । यसै अवधिमा नेपालबाट भने १ लाख १४ हजार ७ सय ७९ जना बाहिरिएका छन् ।

कुन देशबाट कति ?

अध्यागमन विभागका अनुसार गएको मार्चमा सबैभन्दा बढी सार्क राष्ट्रहरुबाट कुल ४० हजार ७ सय २७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये सबैभन्दा बढी भारतबाट मात्रै यस अवधिमा ३० हजार ६ सय ९८ जना पर्यटक नेपाल भित्रिएका छन् । यस्तै यसै अवधिमा सार्क राष्ट्रहरुमा श्रीलंकाबाट ५ हजार ७ सय, बंगलादेशबाट २ हजार ९ सय, भुटानबाट ९ सय ९७ र पाकिस्तानबाट ३ सय ४५ जना आएका हुन् ।

यस्तै यसै अवधिमा चीनबाट १२ हजार, अमेरिकाबाट १० हजार, बेलायतबाट ७ हजार, जर्मनीबाट ५ हजार, फ्रान्सबाट ३ हजार र अष्ट्रेलियाबाट ४ हजार जना नेपाल आई घुमेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL