Logo

निजगढ विमानस्थल र फास्टट्रयाक तत्काल बनाउन विकास समितिको निर्देशन, स्वदेशी पूँजीमा बनाउ

निजगढ विमानस्थल र फास्टट्रयाक तत्काल बनाउन विकास समितिको निर्देशन, स्वदेशी पूँजीमा बनाउ


बिजखबर संवाददाता
0
Shares

व्यवस्थापिका संसदको विकास समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं–निजगढ द्रुतमार्फतको काम तत्काल अघि बढाउन दिर्नेशन दिएको हो । समितिको आज वसेको बैंठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उक्त निर्देशन दिएको हो ।

समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा वसेको बैंठकले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल कुनै कारणले बन्द हुन पुगेमा नेपालको अन्तरराष्ट्रिय उड्डयन अवरुद्ध हुने भन्दै विकल्पको रुपमा निजगढ विमानस्थललाई तत्काल बनाउन निर्देशन दिएको हो । यसैगरी बाढी पहिरोका कारण अन्य नाका बन्दा हुँदा ढुवानीमा समस्या हुने भन्दै काठमाडौं–निजगढ फास्टट्रयाकको निर्माण कार्यलाई पनि तत्काल अघ बढाउन निर्देशन दिएको हो ।

यी दुवै आयोजनालाई स्वदेशी लगानीमै बनाउनका लागि समेत समितिले निर्देशन दिएको छ । नेपालको विकासलाई आधार ूतरुपमै योगदान दिन अधिकांश आयोजनाहरुको निर्माणमा अग्रसर कम्पनीहरुले पूँजी संकलन वा अन्य बाहानामा आयोजना होल्ड गरेर राख्ने कार्यले गर्दा देशको क्षेत्रगत विकासमा प्रतिकूल प्रभाव परेका समितिको निचोड छ ।

तसर्थ आफ्नै श्रम, सीप, श्रोत, साधन, कुशलता एवं सामर्थताको उपयोग गर्न निजगढ विमानस्थल र फास्टट्रयाक बनाउन समितिले निर्देशन दिएको हो । साथै यी दुई आयोजनामा आवश्यक परे वैदेशिक ऋण/सहायता समेत लिई सरकार आफैले बनाउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई समेत दिर्नेशन दिएको हो ।

यी दुई आयोजना कार्यान्वयनका लागि विद्यमान योजना, सिद्धान्त, नीति, नक्सा, रुख÷जंगलव्यवस्थापन, वस्ती व्यवस्थापन लगायतका विषयमा स्पष्ट खाका, सोच सहितकार्य तालिका एक महिनाभित्रबनाई प्रतिबद्ध भई कार्यान्वयनमा लैजान र हाल सम्म भए गरेका कामहरुको एक महिनााभित्र श्वेतपत्र जारी गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्