Logo

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ कायम आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख २७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ९० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १५ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL