Logo

अछाममा ट्याक्टर दुर्घटना हुँदा एउटै वडाका पाँचको मृत्यु, तीन घाइते

अछाममा ट्याक्टर दुर्घटना हुँदा एउटै वडाका पाँचको मृत्यु, तीन घाइते



काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एउटै वडाका पाँच जनाको मृत्यु भएको छ । वडा नम्बर–७ नन्देगडाको सुयडीमा भएको ट्याक्टर दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको मेल्लेख गाउँपालिका वडा नं. का अध्यक्ष तिलख कठायतले जानकारी दिए । मृत्यु हुनेमा सबै पुरुष रहेको जनाइएको छ । मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए ।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका– ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन् । दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी र नाम नखुलेका अर्का एक बालक घाइते भएका छन् । घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्