Logo

एशियन प्यासिफिक एशोसिएशन अफ बैंकिङ इन्ष्टिच्युट सम्मेलन हुँदै, बैंकिङ अभ्यासका विषयमा छलफल

एशियन प्यासिफिक एशोसिएशन अफ बैंकिङ इन्ष्टिच्युट सम्मेलन हुँदै, बैंकिङ अभ्यासका विषयमा छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनवीआइ)ले नेपालमा पहिलो पटक एशियन प्यासिफिक एशोसिएशन अफ बैंकिङ इन्ष्टिचयुट सम्मेलनको आयोजना गर्न लागेको छ ।
सन् १९८६ मा स्थापित संगठन एपिएबीआई एशिया प्रशान्त क्षेत्रका तीस भन्दा बढी मुलुकहरुको शीर्ष बैंकिङ्ग प्रतिष्ठानहरुको संगठन हो ।

यस संगठनको सन् २०१६ र २०१७ को दुई वर्षीय कार्यकालको अध्यक्षता एनबीआइले गरिरहेको छ । अध्यक्षताको हैसियतमा एनवीआइले असोज ६ र ७गते सम्मेलन आयोजना गर्न लागेको हो ।

यस वर्षको सम्मेलनको विषय बेष्ट प्राक्टिस इन बैंकिङ एण्ड फाइनान्सियल इन्डष्ट्रिज ट्यालेन्ट डेभलपमेन्ट इन एसिया प्यासिफिक रहेको छ । सम्मेलनमा सदस्य राष्ट्रहरु र अन्य राष्ट्रहरुको बैंकिङ प्रतिष्ठानका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा अन्य विषय विज्ञहरुको उपस्थिति रहने छ । यसको अतिरिक्त नेपाली बैंक तथा वित्तीय संस्थाहरुका व्यवस्थापन तहमा कार्यरत अधिकारीहरुको पनि उपस्थिति रहने छ ।

सम्मेलनको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा आइसीआइसीआइ बैंक भारतका पूर्व कार्यकारी निर्देशक रामकुमार र भारतको खण्डेलवाल कमिटिका अध्यक्ष तथा बैंक अफ बरोडाका पूर्व कार्यकारी निर्देशक डा.अनिल के. खण्डेलवालले प्रस्तुती दिने छन् ।

कार्यक्रममा प्रस्तुतिका अतिरिक्त विभिन्न बैंकिङ अभ्यसाहरुका विषयमा छलफल गरिने छ । यसको अतिरिक्त कार्यक्रममा स्थानीय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको टोली सम्मिलित एउटा छलफल सत्र समेत समावेश रहको छ ।

कार्यक्रममा कोरिया, हङकङ, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, ताईवान, मलेसिया, भुटान, भारत, ईजिप्ट, संयुक्त अरब ईमिरेट्स, कम्बोडिया, मंगोलिया, बङ्गलादेश, ईण्डोनेशिया, थाईल्याण्ड, अफगानिस्थान, माल्दिभ्स आदि देशहरुबाट सहभागिता रहने छ ।

सम्मेलनबाट नेपालका बैंक तथा वित्तीय संस्थाका उच्चपदस्थ अधिकारीहरुलाई अन्र्तराष्ट्रिय बैंकिङ्ग विज्ञहरुसंग अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त हुने बताइएको छ ।
साथै अन्तरराष्ट्रिय बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापन न्युनीकरण गर्न प्रयोगमा आएका सिद्धान्त तथा औजारका आधारमा स्थानीय बैंक तथा वित्तीय संस्थाहरुलाई सोही अनुरुप आप्mनो रणनीति तर्जुमा गर्न मद्दत पुग्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्