Logo

चौधरीले ओगटेको बाँसबारीकाे जग्गा सरकारी भएकाे ठहर, सरकारकाे नाममा फिर्ता ल्याइयाे

चौधरीले ओगटेको बाँसबारीकाे जग्गा सरकारी भएकाे ठहर, सरकारकाे नाममा फिर्ता ल्याइयाे



काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ । यसअघि चौधरी ग्रुपको चाँदबाँग रेसिडेन्सीको नाममा रहेको उक्त जग्गा आफ्नो नाममा ल्याएको भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै अब उक्त जग्गा सरकारको नाममा आएको बताएको हो ।

यसअघि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र उनका भाई अरुण चौधरीलाई सिआइबीले जग्गा हिनामिना गरेको भन्दै बयान लिईसकेको छ । सोही बयानपश्चात भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्