काठमाडौं । सिद्धार्थ म्युचियल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको लाभांश इकाई धनीको बैंक खातामा जम्मा हुने भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले सिद्धार्थ लगानी बृद्धि योजना (१ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिफल उपलब्ध गराउन इकाई धनीहरुलाई बैंक खाता नम्बर माग गरेको हो ।
योजनाले ३० प्रतिशत र १६ प्रतिशत प्रतिफल घोषणा गरेका छन। नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले लाभांश दिँदा सेयर र इकाईधनीको बैंक खातामा जम्मा गर्न निर्देशन दिएपछि सिद्धार्थ क्यापिटलले पहिलो पटक कार्यान्वयनमा ल्याएको हो ।
सिद्धार्थ क्यापिटलका दुबै योजनाका इकाइ धनीले अब सिद्धार्थ क्यापिटलको कार्यालय या सिद्धार्थ बैंकको कुनै पनि शाखामा आफ्नो खाता नम्बर सहितको विवरण टिपाए पुग्नेछ । विवरणको रुपमा इकाईधनीको नाम, इकाईधनी नम्बर, डिम्याट एकाउन्ट, बावु र बाजेको नाम ठेगाना सहित बैंक खाता उपलब्ध गराउनु पर्ने बताइएको छ । त्यसका लागि कम्पनीले १५ दिनको समय तोकिदिएको छ ।
कम्पनीका अनुसार आगामी शुक्रबार यी दुबै योजनाको खाता बन्द हुनेछ । बिहिबारसम्म कायम इकाईधनीले प्रतिफल लिन आफ्नो विवरण दिन सक्नेछन्।