Logo

उच्चतम विन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

उच्चतम विन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार हालसम्मकै उच्चतम विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढ्दै १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १५ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL