Logo

रेमिट्यान्स घटेको प्रति प्रमको चिन्ता, विदेशीले नेपाली कामदार लिन छाडे अव के गर्ने ?

रेमिट्यान्स घटेको प्रति प्रमको चिन्ता, विदेशीले नेपाली कामदार लिन छाडे अव के गर्ने ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा भित्र्ने रेमिट्यान्स घटेको प्रति चिन्ता व्यक्त गरेका छन् । ‘पछिल्लो समय देशको अर्थतन्त्र धानिरहेको रेमिट्यान्स भित्रने बृद्धिदर घटेको छ,’ नेपाल आर्थिक संघको रजत जयन्त्री कार्यक्रममा उनले भने, ‘जसले अर्थतन्त्रममा ठूलो समस्या ल्याउनेछ ।’

देशमा उद्योग कलकारखाना नफस्टाएको अवस्थामा रेमिट्यान्सले देशको अर्थतन्त्र जोगाइरहेको भन्दै आगामी दिनमा त्यसले समस्या ल्याउने बताए । पछिल्लो समय विदेशी रोजगारदाता कम्पनीले नेपाली कामदारको मागमा कटौती गरेको भन्दै त्यसले देशमा भित्र्ने रेमिट्यान्सको ठूलो असर पर्ने उनको तर्क छ । ‘रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्र धान्ने भएतापनि विदेशमा नेपाली श्रमको माग घटने प्रवृत्तिले गर्दा रेमिट्यान्सको वृद्धिदर भने घट्दै गएको छ,’ उनले भने, ‘यसैले रेमिट्यान्स मुलुकको लागि विदेशी मुद्रा आर्जनको दीगो श्रोतको रुपमा रहने कुरा शंकास्पद छ ।’

आगामी दिनमा देशमा भित्रिरहेको रेमिट्यान्सलाई दिगो उत्पादनशिल क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नेतर्फ पहल गर्नुपन तथा त्यसको विकल्पमा स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उनको तर्क थियो । ‘जसका लागि अहिले देखिनै युवाहरूको श्रम, सिप, जोस जागरलाई मुलुककै नव निर्माणमा कसरी लगाउन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान जानु आवश्यक छ,’ उनले भने, ‘यस सम्बन्धमा सवै मिलेर वास्तविक मोडल ल्याउनु जरुरी छ ।’

कार्यक्रममा नेपाल आर्थिक संघका अध्यक्ष प्राडा. विश्वम्भर प्याकुरेलले देशमा ‘हाइपर इन्फ्लेसन’ भएको भन्दै सरकाले त्यसप्रति चासो दिनुपर्ने बताए । ‘राष्ट्र बैंकले एउटा टार्गेट गरेर मौद्रित नीति ल्याउँछ, उनले भने, ‘तर, मुद्रा स्फीति भने त्योभन्दा उच्च रुपमा बढिरहेको हुन्छ ।’ साथै देश संघीयतामा गइसकेको अवस्थामा सरकारले पनि आगामी दिनमा सोही अनुरुपको आर्थिक मोडल ल्याउनु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्