Logo

बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन : उधारो बीमा पुर्ण रुपमा बन्द गर्नु

बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन : उधारो बीमा पुर्ण रुपमा बन्द गर्नु



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उधारो बीमा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको छ । कम्पनीहरुको नाममा २ महिने अल्टिमेटमसहित विभिन्न १८ बुँदे निर्देशन दिँदै प्राधिकरणले पूर्ण शुलक दाखिला भएपश्चातमात्रै बीमा गर्न भनेको हो । यस्तै प्राधिकरणले चेकमार्फत बीमारकम भुक्तानी भएको खण्डमा रकम प्राप्त भएपछि रक्षाबरण भएको जानकारी विमितलाई दिन अनुरोध गरेको छ ।

यस्तै बीमा कम्पनीहरुलाई प्रदेश शाखा तथा उपशाखा कार्यालयहरुको न्यूनतम भौतिक पूर्वधार दुई महिनाभित्र सम्पन्न गर्न प्राधिकरणले निर्देशन दिएका छ ।

गत बर्ष बीमा कम्पनीहरुको प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरुमा तोकेको मापदण्ड अनुसार व्यवस्थित गर्न निर्देशन दिएको हो । हाललाई जनशक्ति सम्बन्धी परिचालन गर्ने, तत्कालको लागि अर्को व्यवस्था नभएसम्म प्रदेश कार्यालयमा पाँचजना शाखा, चारजना उपशाखामा, दुई जना कर्मचारी अनिवार्य राख्न प्राधिकरणले निर्देशन दिएको छ ।

प्राधिकरणले बीमितको जोखिम रक्षावरण गर्ने कम्पनीको अवस्था नाजुक रहेको कारण कम्पनीलाई व्यवस्थित ढंगबाट सुधार र विस्तार गर्न २ महिने अल्टिमेटम दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL