Logo

संसदमा प्रधानमन्त्री प्रचण्डको जवाफ-अध्ययन गर्दा सहकारी ठगीमा रविको संलग्नता देखिएन

संसदमा प्रधानमन्त्री प्रचण्डको जवाफ-अध्ययन गर्दा सहकारी ठगीमा रविको संलग्नता देखिएन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले रवि लामिछानेको विषय उठाएपछि आफुले यस विषयमा अध्ययन गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछाने हाल कुनै सहकारी संस्थाको बोर्डमा या लेखा समिति वा कुनै समितिमा नरहेको बताएका छन् ।

उनले सुर्यदर्शन सहकारीका पीडितकर्ताहरुले गरेको उजुरीमा कुनै व्यक्तिको नाम उल्लेख नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने सहकारी प्रकरणमा संलग्न नभएको अनुसन्धानबाट देखिएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने सरकारमा आउनु अघि नै उनको संलग्नता सहकारी प्रकरणमा नभएको देखिएको स्पष्ट गरेका छन् । उजुरीको भरमा राजीनामा दिन नसकिने भन्दै कांग्रेसले यो विषयलाई अनावश्यक रुपमा राजनीति गरेको आरोप लगाएका छन् ।

उनले भने–‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।’

सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।’

प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL