Logo

कांग्रेसले संसदमा आज पनि माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

कांग्रेसले संसदमा आज पनि माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा



काठमाडौँ । नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभामा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा अनुसन्धान हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सांसद दिपक गिरीले गृहमन्त्रीको राजीनामाको माग गर्दै आफैले आफै माथि अनुसन्धान गर्ने व्यवस्था कहिँ नभएको बताए ।

उनले सहकारी ठगी प्रकरणमा जोडिएका माओवादी केन्द्रका कार्यकर्ता दिपेश पुन पक्राउ परेको र लामिछानेलाई भने गृहमन्त्री बनाइएको बताएका थिए ।

कांग्रेस सांसद गिरीले कांग्रेसले पटक पटक यो विषय उठाइरहेको र प्रधानमन्त्रीले बाहिर होइन संसदमा आएर जवाफ दिनसमेत आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL