Logo

सानिमा क्यापिटलको कारोवार शुरु,अध्यक्षमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहाल

सानिमा क्यापिटलको कारोवार शुरु,अध्यक्षमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंकको स्वामित्वमा स्थापित सानिमा क्यापिटलले कारोवार शुरु गरेको छ । ११करोड रुपैयाँ चुक्ता पुँजी राखेर सानिमा बैंकको पूर्णस्वामित्वमा स्थापित सो क्यापिटलले कारोवार शुरु गरेको हो ।

धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त भएसँगै कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिस्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको सेवा सुरु गरेको बताइएको छ ।

कम्पनीले छिट्टै सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रूपमा काम गर्ने जनाएको छ । कम्पनीको अध्यक्षमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल छन् ।

यसैगरी सञ्चालकमा तेजबहादुर चन्द, निश्चलराज पाण्डे, सरोज गुरागाईं र श्रीप्रसाद पौडेल छन् । मनीषनारायण जोशी प्रमुख कार्यकारी अधिकृत छन् ।

प्रतिक्रिया दिनुहोस्