Logo

चौंथोपटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथको तयारी

चौंथोपटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथको तयारी



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् । मनाङेलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनाउने तयारी गरिएको छ ।

शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकिएको छ । मनाङे चौथो पटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

सामाजिक विकासमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैसँग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL