Logo

लगानी बोर्डको सीईओ भन्छन्, ‘म जागिर खान आएको होइन, काम गरेर देखाउनु छ’

लगानी बोर्डको सीईओ भन्छन्, ‘म जागिर खान आएको होइन, काम गरेर देखाउनु छ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बोर्डको काम प्रति आफु समेत सन्तुष्ट नभएको बताएका छन् । बोर्ड स्थापना भएको ५ वर्ष वितिसक्दा कुनै पनि काम अघि नबढेको भन्दै उनले असन्तुष्ट व्यक्त गरेका हुन् । ‘म लगानीबोर्डमा जागिर खान आएको हैन,’ पत्रकारसँगको छलफलमा उनले भने, ‘बोर्डमार्फत ठूला विदेशी लगानी भित्र्याउन आएको हुँ त्यो म गरेर देखाउने छु ।’

बोर्डमा हालसम्म १५ वटा ठूला प्रोजेक्ट आएका छन् । त्यसमध्ये २ वटामो मात्र प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट (पीडीए) भएको छ । तर, पीडीए भएको आयोजनाको पनि हालसम्म काम अघि बढ्न सकेको छैन । आगामी दिनमा बोर्डमार्फत आएका ठूला वैदेशिक लगानीलाई एकद्वार नीति अनुसार सकभर छिटो अघि बढाउने तयारी गरिरहेको समेत उनले जानकारी दिए ।

हाल बोर्डले प्रोजेक्ट बैंक बनाउन लागेको जानकारी दिँदै आगामी दिनमा त्यसलाई कार्यान्वयनम ल्याउनका लागि थप अन्य ४ वटा नयाँ व्यवस्था गर्न लागिएको उनले बताए । जस अनुसार नीति पुनरावलोकन, स्तरीय संचालन प्रक्रिया, जोमिख व्यवस्थापन र आयोजना कार्यान्वयनको लागि छुट्टाछुट्टै विधी बनाउन लागेको हो ।

पछिल्लो समय सरकार परिवर्तनसँगै निर्माणधिन अवस्थामा रहेका सम्वन्धित नीति नियम स्वीकृतिमा ढिलाइ भएको र जसको असर आयोजना कार्यान्वयनमा पर्न गएको बोर्डको भनाइ छ । आयोजना कार्यान्वयनमा जग्गा प्राप्तिजस्ता विषयमा समस्या रहेको र त्यस विषयमा पनि कुनै नीति बनाएर समाधान गरिने बोर्डले जानकारी दिएको छ ।

हाल अपर कर्णाली जलविद्युत आयोजना निर्माता भारतीय कम्पनी जीएमआरले फाइनान्सियल क्लोजरको समय माग गरेको जानकारी दिँदै सो विषयमा केही समयभित्रै टुङ्गो लगाइने अधिकारीले जानकारी दिए । २ वर्ष अघि आयोजना निर्माण पीडीए गरेको जीएमआरले हालसम्म पनि फाइनान्सियल क्लोजर गर्न सकेको छैन । कम्पनीले राजनीतिक अस्थिरता, भुकम्प, नाकाबन्दीजस्ता कुराले गर्दा समयमै फाइनासिन्यल क्लोजर हुन नसकेको भन्दै सोको लागि १ वर्षको समय माग गरेको छ । तर, बोर्डले भने केही समयको लागि थपिने तर १ वर्षको समय नदिने जानकारी दिएको छ । हाल बोर्डले समय थपको लागि समय तालिका सहितको विस्तृत विवरण बुझाउन निर्देशन दिएको अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्