काठमाडौं । नेपाल प्रहरीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याईँदैछ ।